नियम २१
विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्ने
: (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन तथा अध्ययन प्रवर्द्धनको लागि आवश्यकता र उपलब्धता अनुसार स्टेशनरी, पाठ्यपुस्तक, दिवा खाजा, पोशाक, सहयोगी शिक्षक र सम्बन्धित अपाङ्गता विज्ञ शिक्षक उपलब्ध गराउनेछ ।
(२) अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउने शिक्षकका लागि नेपाल सरकारले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अपाङ्गताको पहिचान, सिफारिस, सामान्य थेरापी, व्यक्तिगत पाठ्ययोजना, व्यक्तिगत हेरचाह, क्षमता विकास, साङ्केतिक भाषा लगायतका तालीम कार्यक्रम सञ्चालन गर्नेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको विद्यालय तथा सिकाईमा पहुँच सुनिश्चित गर्न त्यस्तो शिक्षा प्रदान गर्ने विद्यालयलाई देहाय बमोजिमका शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउनेछ :-
(क) अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सहजता हुने आवश्यकतामा आधारित पाठ्यपुस्तक तथा पाठ्यसामग्री,
(ख) सूचना प्रविधिको माध्यमबाट अध्ययन अध्यापनको लागि आवश्यक पर्ने डेजि, ब्रेल डिस्प्लेअर, ब्रेल प्रिन्टर, कम्युटर सफ्टवेयर, मोबाईल एप्लिकेशन, सरल भाषामा बुझाउने शैक्षिक सामग्री, चित्रात्मक सामग्री, श्रव्य दृश्य सामग्री लगायतका सूचना प्रविधि,
(ग) पहुँचयुक्त फर्निचर तथा अन्य भौतिक सामग्री,
(घ) अपाङ्गता भएका विद्यार्थीको लागि आवश्यक पर्ने खेलकुदका सामग्री ।